जारी विश्वकप टि-२० एसिया छनोट प्रतियोगितामा खेलाडीलाई पुरस्कार दिने अभियान अब दर्शकलाई उपहार दिनेसम्म पुगेको छ ।
नेपाली बुचर नामक कम्पनीले नेपाल सेमिफाइनल जित्दै विश्वकपमा छनोट भएमा खेल हेर्न पुगेका ६० दर्शकलाई आधा-आधा किलोका दरले कुखुराको मासु उपहार दिने घोषणा गरेको थियो । सोही घोषणा अनुसार दर्शकलाई पुरस्कार प्रदान गरिरहेको कम्पनीले जनाएको छ । हालसम्म २० दर्शकले पुरस्कार प्राप्त गरिसकेको र थप ४० जनालाई पुरस्कार बाकिँ रहेको नेपाली बुचरले जनाएको छ ।
कम्पनीको लगनखेल आउटलेटबाट पुरस्कार बाडिँइरहेको पनि जनाइएको छ । उपहार पाउन भने दशक खेल हेर्न मैदानमै पुगेको हुनुपर्ने कम्पनीले जनाएको छ । खेलको टिकट देखाएर मासु उपहार लिन सकिनेछ ।
साभार : अर्थ संसार
